शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

कास्कीकोट युवा संजालको रक्तदान

कास्कीकोट युवा संजालको रक्तदान


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७७, बुधबार

पोखरा, ३ मंसिर–कास्कीकोटमा रहेको हाम्रो कास्कीकोट युवा संजालले आयोजना गरेको रक्तदानमा २० जनाले रगत दिएका छन् । संजालले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा संजालले कास्कीकोटमा रहेका पुरातात्विक सम्पदाहरु कास्कीकोट दरवार र गुप्त कालिका मन्दिर, गजल थुम्की, रुमाल झाक्री, कश्यप धाम, कश्यप ताल, कुलमण्डन पार्क आदिको सरसफाई गरेको थियो भने स्थापना कालदेखि निरन्तर सहयोग गर्नेहरु पोखरा महागनरपालिका वडा नम्बर २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, संस्थाका संस्थापकहरु बालाहरि शर्मा सुवेदी र रेशम गिरि, सामाजिक व्यक्तित्वहरु, रमेश कार्की, रामचन्द्र सुवेदी, प्रदिपकुमार श्रेष्ठलाई सम्मान पनि ग¥यो । निःशुल्क मधुमेह परीक्षणसहितका कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भएको संस्थाका संयोजक हेम सुवेदीले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->