पोखरा, ४ मंसिर– गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर ३ (क) मा यसवर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत २५ वटा योजना छनौट भएका छन् । प्रदेश सांसद रामजीप्रसाद बरालको संयोजकत्वमा हालै बसेको बैठकले ती योजनाको टुंगो लगाएको हो ।
कृषि, पर्यटन सहितका क्षेत्रमा समेटिने गरी २ करोड बजेटको लागि साना ठुला गरि २५ वटा योजना हालै छनौट गरेको सांसद बरालले दाबी गरे । पोखरा महानगरको १,२, ३, १८,१९ र २५ वटा वडा र कास्कीको माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटै वडाहरुमा आवश्यकताको आधारमा सर्वसम्वत रुपमा योजना छनौट गरिएको उनले जनाए ।




