बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कावासोतीमा भूमिहीन तथा सुकुम्वासीको अनुगमन

कावासोतीमा भूमिहीन तथा सुकुम्वासीको अनुगमन


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७७, आइतबार

नवलपुर, ७ मंसिर– भूमिहीन तथा सुकुम्वासी समस्या समाधान आयोगले अवलोकन तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । केन्द्रीय आयोगको टोली र जनप्रतिनिधीसहितको संयुक्त टोलीले अनुगमन गरेपश्चात अभिमुखीकरण कार्यक्रम गरेको हो ।
कावासोती आएको केन्द्रीय टोलीका सहभागीहरुले वर्षौदेखी भूमि सम्बन्धी समस्या समाधान हुन नसकेकाले एकपटकलाई ती समस्या समाधान गर्नेतर्फ सरकारले गृहकार्य थालेको उल्लेख गर्दै आगामी मंसीर १४ गते सूचना आव्हान गरी निवदेन संकलनको काम शुरु गर्ने तयारी भैरहेको जानकारी गराएका थिए ।
अवलोकन तथा अभिमुखीकरणमा संघीय सांसद तिलक महत, प्रदेश सांसदद्धय रोशन गाहा र विष्णु लामिछाने, कावासोती नगरप्रमुख चन्द्रकुमारी पुनलगायतको उपस्थिति थियो । सुकुम्वासीलाई जग्गाको धनी बनाउने यो अभियानलाई सबैको सकारात्मक सहयोगको आवश्यकता पर्ने हुँदा भूमीहीनका सवालमा एकैठाउँमा उभिनुपर्नेमा सबै जनप्रतिनिधीको साझा धारणा रहेको छ ।
कार्यक्रमको सहजीकरण कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले गरेका थिएभने भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एवं प्रवक्ता भिम बहादुर कार्की, सदस्य एक बहादुर राना र मञ्जली शाक्य, तथा आयोगका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीको उपस्थिति रहेको थियो ।
कावासोती नगरपालिका र भूमि सम्बन्धी समस्या समाधान आयोगबीच गत कात्तिक २७ गते भूमि सम्बन्धी समस्या समाधान गर्ने गरी सम्झौता भईसकेको छ । नगरपालिकाले लगत संकलन र जग्गाको नापीको काम अविलम्व शुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->