शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

कास्की निर्वाचन क्षेत्र नं. २ मा २ करोडका योजना छनौट

कास्की निर्वाचन क्षेत्र नं. २ मा २ करोडका योजना छनौट


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७७, मंगलबार

पोखरा, ९ मंसिर– निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की क्षेत्र २(ख) मा २५ वटा योजना परेका छन् । गण्डकी प्रदेश सभासदस्य विन्दुकुमार थापाको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी २५ योजना छनौट गरेको हो । २ करोडको बजेटका लागि ती योजना छनोट गरिएको प्रदेशसभा सदस्य थापाले बताए ।
योजना छनोटका क्रममा पोखरा महानगरपालिकाका ६ वटा वडालाई नै समेटी योजना छनोटका क्रममा सबैभन्दा बढ िभौतिक पूर्वाधारतर्फ रहेको छ । कृषि र पर्यटनका क्षेत्रमा करिब २५ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरिएको छ । पहिलेकै योजनालाई निरन्तरता दिएको थापाले बताए । यस्तै पिपलडाली ऐतिहासिक कुवा र पर्खालको लागिसमेत बजेट छुट्याइएको छ । पोखरा २० मा पिपलडालीमा रहेको कुवाको लागि २ लाख २५ हजार रुपैँया विनियोजन गरिएको छ । सरस्वती मन्दिर तथा बहुउदेश्यीय सामाजिक भवनको लागि सबैभन्दा बढी ३१ लाख रुपैँया छुट्याएको छ । सभासदहरुले आफूहरुको एकल प्रयासबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट ६, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट ४, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ९,सिंचाई र तटबन्धको लागि ११,खानेपानीका ७, पुलका ३ एवं सामाजिक विकास मन्त्रालयअन्तर्गतका ६ आयोजना निर्वाचन क्षेत्रमा आएको पनि जनाए । यद्यपि, नेकपाबाट प्रतिनिधित्व गर्ने सभासदहरुले भने ती परियोजना संयुक्त प्रयासमा प्रदेश सरकारले औचित्य हेरेर दिएको प्रतिक्रिया दिए ।
कास्की क्षेत्र २(ख) मा प्रत्यक्ष र समानुपातिक गरि ४ सांसद रहेका छन् । प्रदेश सभासदस्य थापासहित कुमार खड्का,प्रभा कोइराला र मिना गुरुङले योजना छनोट गरेका हुन । प्रभा कोइराला र मीना गुरुङले ५२ लाख ३२ हजारका योजना छानेका छन् । उनीहरुले छानेका योजनामा तुम्के, गल्र्याङ, आलेबारी सडक स्तरोन्नति, सु्नौलो मार्गको बाटो स्तरोन्नति शिवटोलमा बहुउद्धेश्यीय भवन, फूलबारी मार्गमा बाटो र रेलिङ, प्रगतिशील आमा समूहलाई फर्निचर सामान, चण्डिका मन्दिरमा कम्पाउण्ड गर्ने, गायक टोलमा खानेपानी निर्माण गर्ने, डाँडागाउँ गैरीस्वाँरामा बाटो स्तरोन्नति गर्नेलगायतका कार्यक्रम समावेश छन् । सबैलाई खुसी दिन सक्ने गरी बजेट नरहेको थापाले बताए । विश्व महामारीको रुपमा फैलिएको कोभिड राहत कोषमा रकम जम्मा गर्नको लागि आफुहरुले प्रयास गरेपनि विकास खर्चको लागि नै दिएको सदस्यहरुले बताए ।सभासद कुमार खड्काले बजेटको समानुपातिक वितरणको प्रयास भएको बताए । सभासद प्रभा कोइरालाले योजनाहरु छनौट कार्यविधि अनुसार नै भएको तर यसमा आफ्नो पनि योगदान रहेको बताइन् । अर्की सभासद मीना गुरुङले प्रदेश सरकार गुच्चा खेलेर हैन कि जनताको हितको लागि क्रियाशिल रहेको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->