बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीकी १८ वर्षीया सपना रोका प्रभावशाली महिलाको सूचीमा !

म्याग्दीकी १८ वर्षीया सपना रोका प्रभावशाली महिलाको सूचीमा !


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७७, मंगलबार

पोखरा, ९ मंसिर – म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी)ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन् ।बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन् ।

“यो असाधारण वर्षमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान दिएका छन् । १०० महिलाको सूचीमा एक नाम श्रद्धाञ्जलिको रूपमा ती महिलाहरूको सम्झनामा खाली छोडिएको छ,” बीबीसीले भनेको छ ।
बीबीसीको यो वर्षको १०० प्रेरक तथा प्रभावशली महिलाको सूचीमा पर्ने नेपाली सपना लाश जलाउने प्राविधिक हुन् । बीबीसीका अनुसार तीन महिना घरवारविहीन भएपछि सपना काठमाडौं आएकी थिइन् । काठमाडौं आएपछि उनी यस्तो संस्थामा काम गर्न थालिन् जसले बेवारिसे लाशको व्यवस्थापन गर्थ्याे अथवा जलाउँथ्यो ।

सपनाले यस्तो कार्य सामाजिक सेवाको लागिभन्दा पनि मानसिक शान्तिको लागि गर्ने गरेको बीबीसीलाई बताएकी छन् । “संसारभरि घरबारविहीन, घरबाट निकालिएका मानिसहरू छन् । मानिस जसको मृत्यु सडकमा हुन्छ उनीहरू अन्तिम संस्कारको हकदार हुन्छन् । म यो काम सामाजिक सेवाको रूपमाभन्दा पनि आफ्नै मानसिक शान्तिको लागि गर्दछु,” सपनाले भनेकी छन् ।
बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छन्। “यसबाट मैले थप प्रोत्साहन पाएकी छ। अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->