पोखरा, ११ मंसिर– नेपालमा लोकतन्त्र आएको १४ वर्ष बित्यो । योबीचमा धेरै उतारचढाव भए । दुई तिहाइको सरकार दुई पटकमात्र बन्न सफल भयो । जनआन्दोलनको अन्त्य भएपछि माओवादीको दुई तिहाइ सरकार बन्यो । त्यसपछि राज्य संघीयतामा गइसकेपछि नेकपाको दुई तिहाई सरकार बन्यो । तर, पछिल्लो समय नेकपा समेत फुटको संघारमा पुगेको छ । यस्तो अवस्थामा एकातिर पार्टीहरु नमिलेको अवस्था छ । अर्कोतिर जनता निराशमा ।
पोखरमा बुधवार जे देखियो त्यो बिर्सन लायक छैन । ‘रातो र चन्द्र सूर्य……..’ जब यो गीत घन्कियो, मानव अधिकार चोकको माहोल तात्तियो । युवाहरुमा जोश भरियो । परबाट हेर्दा राष्ट्रिय झण्डासहितको विशाल ¥याली देखिन्थ्यो । पोखरामा कोरोना कहरकै बीचमा यसरी विशाल ¥याली हुँदा बाटोमा हिँड्नेदेखि घरमा बस्ने समेतले मोबाइल तेस्र्याउँदै भिडियो गरिरहेको थिए भने सवारी जाम पनि उत्तिकै । जब जब नजिक ¥याली देखियो तब नागरिकले बुझे कि यो त राजा ल्याउन गरिएको ¥याली पो रहेछ । पोखराको अमरसिंहचोक, पृथ्वीचोक राष्ट्रबैंकचोक, बाराहिचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुङ्गा हुदैँ मानवअधिकारचोक सम्म पुगेको ¥यालीमा अधिकांश युवाजमातको उपस्थिति थियो । मोटरसाइकलमा हर्न बजाउँदै, मोटरसाइकल पड्काउँदै नारा लगाएका थिए । राजतन्त्र जिन्दावाद ! बुधबारको ¥यालीलाई सम्बोधन गर्दै शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले विभिन्न बाहानामा हिन्दूधर्म र संस्कृतिमाथि ठुलो प्रहार भएकाले नागरिक आफै सडकमा आएको बताए । सभाको सम्बोधन गर्दै भने, ‘यस्तो संकट घडीमा नेपाली जनता र राजसंस्थाले मात्र देशको रक्षा गर्न सक्छ । देशको विकास गर्न सक्छ। यो कुनै पार्टी बनाउने, संगठन बनाउने कार्यक्रम होइन । यो नेपाल बनाउने कार्यक्रम हो ।’
कोरोना महामारीमा सयौँ सडकमा
पोखरामा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा मात्र होइन मृत्युदरमा समेत वृद्धि भएको छ । तर पोखरामा बुधवारको ¥यालीमा भने हजारौँ नागरिक सडकमा देखिए । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मापदण्ड अनुसार २ मिटरको दूरी कायम गर्नेदेखि विभिन्न मापदण्ड बनाएको थियो जुन नेपालले पनि अनुशरण गर्दै आएको थियो । भीडभाड हुन नदिने, मनोरञ्जन स्थल खोल्न नदिने, खेल क्षेत्र खोल्न नदिएको अवस्थामा विभिन्न क्षेत्रबाट पोखरा आई आन्दोलन गर्दा समेत राज्यले कुनै कारवाही गर्न सकेन । पोखराको भीडमा कोरोना संक्रमणको जोखिम समेत देखियो तर। प्रहरी समेत मौन रहनुको बाहेक अन्य विकल्प नै रहेन । यसो त मास्कमात्र थियो तर एक अर्कासँग नजिक थिए । कहाँ ? को सामाजिक दूरी ? सरकारको नियमको उल्लघन गर्दै पोखरामा युवाहरु आएका थिए ।
शिवसेना अध्यक्षको सुरक्षामा सादा पोशाकका प्रहरी
मंगलबार बेलुकासम्म प्रहरीले समेत सुइँको पाएको थिएन कि पोखरामा बुधकार हजारौँको संख्यामा युवाहरु सडकमा आउँछन भनेर । तर, पोखरामा भएको हिन्दूधर्म र संस्कृतिको बचाऊँ भन्ने नारासँगै शिवसेनाका केन्द्रीय अध्यक्ष अनिल वस्नेत ¥यालीमा सहभागी भएर कोणसभाको सम्बोधन गर्न जाँदा अचानक सादा पोशाकका प्रहरीलाई उनको सुरक्षामा खटिने आदेश आयो । प्रहरीले आदेश माने । सोतका अनुसार सम्भावित खतरालाई ध्यानमा राखेर नै उनलाई सुरक्षा दिइएको हो ।
‘हामीले ¥यालीको पनि सुरक्षा दिएकै हौँ । सबैको सुरक्षा गर्नै पर्छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवाष हमालले भने । यस्तै राप्रपा विद्यार्थी नेता सन्दीप धमलाले पोखराको ¥यालीमा आउँदै गरेका आफ्नो केह युवाहरुलाई तनँहु र कास्की सीमानामा रोकेर राखेको बताए । तनँहुका डिएसपी युवराज तिमिल्सिनाले भने नियतवश नभई ध्वनी प्रदुषण गरेका कारण रोकेको बताए । ‘हामीले नियतवश वा कार्यक्रममा जान नदिन रोकेका होइनौँ । कागजात नभएका र बढी आवाज निकालेका लाई रोकेका हौँ’, उनले भने ।




