मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्री ओलीलाई

भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्री ओलीलाई

चार्टर्ड जहाजमा आएका श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग ‌बैठक गरेका थिए।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७७, बिहिबार
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटमा

काठमाडौं, ११ मंसिर – नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ  श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। श्रींगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने छन्। यसअघि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका थिए।
बिहीबार बिहान चार्टर्ड जहाजमा काठमाडौं आएका श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग ‌बैठक गरेका थिए। उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रींगलाले बताए। विदेश सचिव श्रींगला शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम छ भने उनले भोलि नै नेपाल-भारत सम्बन्धबारे सम्बोधन पनि गर्नेछन्। उनी भोलि नै स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->