
बिश्वस्तरमा जैविक विविधताबारे धेरै अध्यान अनुसन्धान भएका छन्।पछिल्लो समय नेपालमा पनि जैविक क्षेत्रमा अध्यान अनुसन्धान गर्ने काम क्रम बढ्दो छ। यसैको उदाहरणको रुपमा हालै सुनाखरीबारे नयाँ तथ्य फेला परेको छ। अनुसन्धानवेत्ता हेमराज पौडेलले हालै गरेको एक अनुसन्धानले सुनाखरी परीवारमा थप एक जात थपिन पुगेको छ । पौडेलले बागलुङको कालिगण्डकी उपत्यकाबाट संकलन गरी अनुसन्धान गरेको उक्त सुनाखरीको जात नेपालको अन्य भूभागमा नपाईएको जनाएका छन् ।
विगत देखिको अध्ययन अनुसन्धानबाट सुनाखरी (Orchidaceae) परिवार अन्तर्गत १०८ जातका ५०२ तबहब हरुको अभिलेखीकरण भएकोमा हालै उनको अनुसन्धानबाट एक थपिएको कुरा उनको अनुसन्धात्मक लेख “The First Record of the Genus Tropidia Lindl. (Orchidaceae) From Nepal” मा प्रकाशित भएको जानकारी दिएका छन् । उक्त लेख अन्तराष्ट्रिय जर्नलमा समेत प्रकाशित भएको छ। अब सो परिवार अन्तर्गत १०९ जातका ५०३ taxa हरुको वैज्ञानिक विवरण सहित तथ्यांक अध्यावधिक भएको पुष्टि गरे ।
बागलुङ जिल्लाको कालिगण्डकी उपत्यका धार्मिक, सास्कृतिक ,पर्यटकीय एवं पूरातात्विक हिसाबले महत्वपूर्ण छँदै थियो । अब यस अध्यान अनुसन्धानबाट सो क्षेत्र वनस्पतिक विविधतामा समेत धनी रहेको देखाएको छ ।





