शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा दुई जना संक्रमितको मृत्यु

पोखरामा दुई जना संक्रमितको मृत्यु


  • संजय रेग्मी
  • मंसिर १४ २०७७, आइतबार

पर्वत, १४ मंसिर– कोरोना सङ्क्रमण रहेको अवस्थामा कास्कीको पोखरामा दुई जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय ५४ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो पटक कास्कीका थप दुई जना पुरुषको मृत्यु भएको हो। मृत्यु हुने एक जना पोखरा पोखरा महानगरपालिका १९ का ५७ वर्षीय व्यक्ति रहेका छन्। मङ्सिर ११ गते सङ्क्रमणको पुष्टि भएपछि उनको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको थियो। निमोनियाबाट ग्रसित रहेका ती पुरुषको मृत्यु शनिवार राती करिब साढे नौ बजे भएका हो। यस्तै अर्का पुरुष पोखरा महानगरपालिका–११ का ६० वर्षीय रहेका छन्। उनको आइतबार बिहान पौने छ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। गत मङ्सिर सात गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा निमोनिया, उच्च रक्तचाप र मुटु सम्बन्धि रोगको समस्या रहेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->