बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, पाँचजना घाइते

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, पाँचजना घाइते


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७७, आइतबार

बेनी, १४ मंसिर– म्याग्दीमा आइतबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । मंगला गाउँपालिका–२, लाम्पाटादेखि सल्यानतर्फ जाँदै गरेको प्र. २०३००१ च २५२ नम्बरको जीप काफलचौरमा दुर्घटनामा परेको हो ।
जीप दुर्घटनामा परी जीपमा सवार मंगला–२, सल्यानकी ११ वर्षीया करिस्मा क्षत्रीको घटनास्थलमै मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजँग कुँबरले जानकारी दिए । यसैगरी दुर्घटनामा परेर जीपका चालक मंगला–२, का ४२ वर्षीय खोमबहादुर कटुवाल र उहाँकी श्रीमती ४० वर्षीया सुनिता क्षत्री गम्भीर घाइते भएको उनले बताए ।
त्यस्तै मंगला–२, का ४५ वर्षीया सुकला केसी, १० वर्षीया कृपा क्षत्री र ३० वर्षीय राजन केसी सामान्य घाइते भएको छन् । दुर्घटनामा परेर गम्भीर घाइते चालक कटुवाल र उनकी श्रीमती सुनितालाई थप उपचारका लागि पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ । सामान्य घाइतेहरुको भने अहिले बेनी अस्पतालमै उपचार भैरहेको छ ।
दुर्घटनामा परेर गम्भीर तथा सामान्य घाइते भएकाहरुको टाउँको, मेरुदण्ड, हातखुट्टासहित शरिरका विभिन्न ठाउँमा चोटपटक देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दुर्घटनाको खबरलगत्तै प्रहरीचौकी बाबियाचौर तथा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->