शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

हिमालय माविमा न्यानो कपडा

हिमालय माविमा न्यानो कपडा


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७७, आइतबार

पोखरा, २१ मंसिर– लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीले पोखरा–२०, मौजामा रहेको हिमालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सो अवसरमा विद्यालयमा स्वास्थ्य शिविर पनि चलाइएको थियो ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडानम्बर २० का अध्यक्ष सिम गुरुङले आफ्नो ठाउमा आएर विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि आफ्नो वडासँग सहकार्य गरी अगाडी बढ्न आग्रह गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर गुरुङले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी हरुलाई जाडोको मौसममा न्यानो कपडा वितरण गरेकोमा क्लवलाई धन्यवाद दिए । लायन्स क्लव अफपोखरा गोल्डेन सोसाइटीका जिएलटी कोअर्डिनेटर लायन किशोर बरालले लायन्स क्लवले पोखरा नजिकै रहेको ग्रामीण भेगका विद्यार्थीहरुलाई लक्षित गरी शिविर र कपडा बितरण गर्न पाएकोमा खुसी जनाए ।
शनिबार आयोजित कार्यक्रममा हिमालय मावि मौजाको आधारभूत तह कक्षा पाँचसम्म अध्ययनरत २६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण संगै स्वास्थ्य जाँच गरिएको लायन्स क्लवअफ पोखरा गोल्डेन सोसाइटीकी सभापति सविता आचार्यले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->