मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

महिला हिंसाका सात रंग बारे सडकबाटै सन्देश

महिला हिंसाका सात रंग बारे सडकबाटै सन्देश


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७७, मंगलबार

बेनी, २३ मंसिर–म्याग्दीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सोमबार सदरमुकाम बेनीमा सडकमै सचेतनामूलक कार्यक्रम गरिएको छ । युवा सूचना केन्द्रको आयोजना, संगम म्याग्दी र नेपाल युथ काउन्सिल म्याग्दीको समन्वयमा इन्द्रेणी टोलमा आयोजित घरेलु हिंसा, बलात्कार, बालविवाह, कामदार महिला, बोक्सी प्रथा, एसिड आक्रमण र आत्महत्या बिरुद्धको सचेतनामूलका कार्यक्रम प्रदर्शन गरिएको कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले बताइन् । उनका अनुसार नेपालको नक्सामा ७ प्रदेश बनाएर ७ वटा सामाजिक सवालहरुमा युवायुवतीले आफ्नो नाट्यात्मक ढंगले प्रस्तुती दिएका थिए ।

‘हिंसाको सातौं रङ’ नाम दिइएको पर्फमेन्स एक्टमा युवापुस्ताले लैंगिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । उक्त कार्यक्रमको निर्देशन गर्नुभएका संगम म्याग्दीका शिक्षा विकास कार्यक्रम संयोजक चन्द्रबहादुर बुढा मगरले सामाजिक सवालमा ध्यान दिन सकेमा लैंगिक हिंसाको अन्त्यमा सहज हुने बताए । ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको एक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित म्याग्दीका विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीले मैनबत्ती प्रज्ज्वलन, अभिमुखीकरण तालिम, सन्देशमुलक सडक कार्यक्रम लगायत लैंगिक हिंसाको अन्त्यका लागि आवश्यक विभिन्न कार्यक्रम गरिएको गैसस म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->