बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दाना–खुर्कोट प्रसारण लाइनका सबै टावर बने

दाना–खुर्कोट प्रसारण लाइनका सबै टावर बने


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७७, शनिबार

म्याग्दी, २७ मंसिर– बहुचर्चित कालिगण्डकी करिडोर प्रशारण आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण भएका छन् ।
करिडोर प्रशारण आयोजनाअन्‍तर्गत दाना–खुर्कोट खण्डका ११० वटा टावर निर्माणको काम सकिएसँगै तार तान्ने काम पनि अन्तिम चरणमा पुगेको कालीगण्डकी प्रशारण आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख चन्दनकुमार घोषले दिएको जानकारी अनुसार नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत दाना र खुर्कोटमा सबस्टेशन र यस बिचको ३९ किलोमिटर दूरीमा प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
आयोजनाको अधिकांश काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख घोषले बताए । आयोजनाले सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षणलाई समेत अघि बढाएको छ ।
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन निर्माण भएको हो।

प्रसारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना दुई वर्ष वर्ष ढिला गरी सकिन लागेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको विवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण दुई वर्षपछि धकेलिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->