बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीपुल बसपार्कलाई वहुवर्षीय योजनामा समावेश गर्न माग

कालीपुल बसपार्कलाई वहुवर्षीय योजनामा समावेश गर्न माग


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७७, शनिबार

बेनी, २७ मंसिर– म्याग्दीको सदरमुकाम बेनीबजारको प्रवेशद्धार कालीपुलमा स्मार्ट बसपार्क निर्माणका लागि २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएपनि यसवर्ष थोरै मात्र बजेट विनियोजन भएको छ । बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्वार कालीपुल बसपार्कमा ५० लाख विनियोजन भएकाले आयोजनालाई अगाडि बढाउन जटिलता भएकाले बहुवर्षीय योजनामा समावेशका लागि प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सहरी विकास मन्त्रालयलाई अनुरोध गरेका छन् । सांसद थापाले बहुवर्षीय योजनाको विकल्प नभएको बताए ।
बहुबर्षिय योजनामा बसपार्कलाई समेट्न नसके अपूरै रहने जोखिम भएकाले बहुबर्षिय ठेक्का लगाउने ब्यवस्थाका लागि निवेदन नै दर्ता गरिएको सांसद थापाको सचिवालयले जनाएको छ । म्याग्दी र मुस्ताङ आवतजावत गर्नेले बेनीको प्रवेशद्धारमै ठेक्का अनुसार समयमै काम सम्पन्न हुने सकेको छैन् । पक्की नाली सहित पक्कीपुलदेखि पेट्रोलपम्पसम्मको सडक कालोपत्रका लागि ढिलासुस्ती र पर्याप्त बजेटको अभावका कारण सास्ती हुने गरेको छ । पूर्वाधार कार्यालयमार्फत ४ करोड ५० लाखको ठेक्कामा निर्माण व्यवसायी विपिन खड्कामार्फत भइरहेको काम करिब साढे दुई करोडको काम सम्पन्न भएको र थप १ करोड आवश्यक रहेको कार्यालय प्रमुख नवराज पौडेलले बताए । ‘यसवर्ष कालोपत्रको काम सकिन्छ,‘डिपिआर अनुसारको बजेटको व्यवस्था भए बसपार्कको स्वरुप नै फेरिन्छ’, उनले भने । उनका अनुसार बेनी–बागलुङ सडकखण्डको दुईवटा प्याकेट र कालीपुल बसपार्कमा साढे दुई करोड बजेट रहेकोमा उक्त बजेटबाटै काम हुने बताए ।
कालिपुलमा करिब ८ सय मिटर कालोपत्रेको तयारी भइरहेको छ । बसपार्कको गुरूयोजनामा टिकट काउन्टरलाई एउटै भवन, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा, पेट्रोल पम्प विस्थापन, पर्यटन सुचना केन्द्र साना र ठुला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवनलगायत नमूना बसपार्क बनाउन आवश्यक पर्ने पूर्वाधारसहितको संरचना बनाउन प्रस्ताव गरिएको छ । कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले बाहिरी जिल्लाबाट ओहोरदोहोर गर्ने यात्रुले म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने गरेको भन्दै जिल्लामा आउने प्रदेश र संघीय सांसदलाई समेत बजेटको माग गरिएपनि सुनुवाई हुन नसकेको स्थानीयबासीको गुनासो छ । बसपार्क क्षेत्र साँघुरो र अव्यवस्थित तवरले सवारीसाधन पार्किङ गरिदाँ कुरूप देखिएको छ । करिव २७ रोपनी क्षेत्रफलमा बसपार्क फैलिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->