पोखरा, २७ मंसिर– पूर्वी नेपालका पर्यटन व्यवसायीहरुले त्यहाँका सहरबाट पोखरासँग हवाई बाटो जोडिए पर्यटनमा सहकार्य सजिलो हुने बताएका छन् । ‘जाऊँ है पोखरा’ अभियानसहित पर्यटन प्रवद्र्धनमा त्यहाँ पुगेको पश्चिमाञ्चल होटल संघको टोलीसँगको अन्तरक्रियामा उनीहरुले त्यो चाहना दोहो¥याएका हुन् ।
पर्यटन पुनस्थापना समिती प्रदेश १ का संयोजक भविश कुमार श्रेष्ठले कोभीडका कारण पर्यटन क्षेत्र निकै अफ्ठ्यारो अवस्थामा रहेको भन्दै ‘प्रदेश–प्रदेशबीच पर्यटक आदानप्रदान जरुरी छ, पर्यटन पुनस्र्थापना समिति प्रदेश नम्बर १ का संयोजक भविशकुमार श्रेष्ठले अन्तरक्रियाको क्रममा भने,‘ यसको लागि हवाई उडान चाहिन्छ ।’ उनले संयुक्त रुपमा उत्तर भारतका सहरहरुमा सेल्स मिसन संचालन गरे फलदायी हुने पनि बताए ।
आयोजक संघका अध्यक्ष एबं पर्यटन पुनरोत्थान समिती गण्डकी प्रदेशका सहसंयोजक विकल तुलाचनले सिमरा, जनकपुर र विराटनगरलाई हवाई सेवामार्फत् पोखरासँग जोड्न जरुरी भएको बताए ।उनले कोभिडले थिलोथिलो बनाएको पर्यटकीय सेवा सुविधामा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको जानकारी दिँदै पोखरामा बन्द होटलहरुसमेत अब खुल्ने क्रम अगाडि बढेको बताए ।




