बागलुङ, २८ मंसिर – नेकपा बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको स्वास्थयमा सुधार आएको छ । कोभिड–१९ संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा रहेका सापकोटाको स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई ग्राण्डी अस्पताल काठमाण्डौ पु¥याईएको थियो ।
शुक्रबार ग्राण्डीमा भर्ना भएका सापकोटाले आइतबार सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी गराएका छन् । कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।





