मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

राजमोले जिल्ला व्यापी संघर्ष र संगठनात्मक अभियान चलाउने

राजमोले जिल्ला व्यापी संघर्ष र संगठनात्मक अभियान चलाउने


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७७, सोमबार
फाईल तस्विर

बागलुङ, २९ मंसिर– राष्ट्रिय जनमोर्चा बागलुङले जिल्ला व्यापी रुपमा संघर्ष र संगठनात्मक अभियान संचालन गर्ने भएको छ ।
जनमोर्चाको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्ला समिति बागलुङले पनि देशमा देखा परेको अस्थिरता, भ्रष्टाचार, प्रतिगमनको खतराका विरुद्ध साथै संघीयताको खारेजीका लागि जिल्ला व्यापी रुपमा अभियान संचालन गर्ने र सफल पार्ने निर्णय गरेको हो ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता र पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीको विशेष उपस्थितिमा बसेको सचिवालय बैठकले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरोध गरौं’ भन्ने नाराका साथ जिल्ला व्यापी रुपमा अभियान संचालन गर्ने निर्णय गरेको सचिव भिमलाल पोख्रलले जानकारी दिए ।
देश व्यापी संघर्षका कार्यक्रम अन्तरगत पौष १ देखि १६ गते सम्म विभिन्न संघर्षका कार्यक्रम र पालिका तहमा अगुवा कार्यकर्ता प्रशिक्षण सञ्चालन गरिने भएको छ भने पौष ३ गते बागलुङ बजारमा मोटरसाईकल ¥याली प्रदर्शन गरिने भएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङले पौष १७ गतेदेखि २९ गतेसम्म विशेष संगठनात्मक अभियान र संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाव्यापी रुपमा चल्ने अभियानका लािग ३ टोली निर्माण गरिएको छ । केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना र डिलबहादुर दर्जी, प्रदेश सभा सांसद कृष्ण थापा, राष्ट्रिय परिषद सदस्य तिलक थापा, बरेङ गापा अध्यक्ष कृष्ण पौडेल र नरबहादुर पुन रहेको टोलीले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका कार्यक्रम गर्ने भएको छ ।
त्यस्तै जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार वेदीलाल सापकोटा, जिल्ला सदस्य लक्ष्मण पुन, लोकनाथ शर्मा र लक्ष्मी बास्कोटा रहेको टोलीले गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा कार्यक्रम गर्ने भएको छ ।
राष्ट्रिय परिषद सदस्य गौरीस्वर पाण्डे, पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, प्रदेश सभा सांसद खिमविक्रम शाही, भिमसेन वन, मेक बहादुर पाईजा र प्रगति बुढा रहेको टोलीले निसिखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा कार्यक्रम गर्ने भएको सचिव पोख्रेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->