शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

अनमोल सहकारीको नवौं साधारण सभा सम्पन्न

अनमोल सहकारीको नवौं साधारण सभा सम्पन्न


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७७, सोमबार

पोखरा, २९ मंसिर– पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित शिद्धार्थ चोकमा रहेको अनमोल सहकारी संस्था लिंको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले उद्घाटन गर्दै ३ खम्बे अर्थतन्त्र नितिमारहेको एउटा खम्बा सहकारीलाई विकास गरी मजबुद वनाउनु पर्ने बताए ।कार्यक्रममा संस्थाको प्रगति प्रतिवेन अध्यक्ष बद्रिनाथ पहारीले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधव भट्टराईले र लेखा समितिको प्रतिवेदन लेखासमितिका संयोजक कृष्णप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए भने शिक्षा उपसमिति संयोजक मनुराज आचार्यले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए ।
सभामा निवर्तमान अध्यक्ष माधब पहारीलाई सम्मान पत्र सहित खादा लगाई सम्मान गरिएको थियो भने उत्कृष्ट वचत कर्ता तुलसीराम वराल, उत्कृष्ट कारोबारमा रमेश पहारी र वेदाकुमारी थापालाई पुरस्कार प्रदान गरिएको थियो ।
सहकारीका अध्यक्ष बद्रिनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष माधव पहारीले, स्वागत उपाध्यक्ष खेमराज (ध्रुब ) वरालले र संचालन सचिव एकनारायण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->