बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विजय सामुदायिक वन क्षेत्रमा नवजात शिशुको शव फेला

विजय सामुदायिक वन क्षेत्रमा नवजात शिशुको शव फेला


  • खगेन्द्र पराजुली
  • पुष १ २०७७, बुधबार

नवलपुर, १ पुस– मध्यबिन्दु ७ स्थित वनमा नवजात शिशुको शव भेटिएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको विजय सामुदायिक वन क्षेत्रमा प्लाष्टिकको झोलामा पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव रहेको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुरबाट प्रहरी टोली अहिले घटनास्थल पुगेको छ ।
स्थानीयका अनुसार राजमार्गदेखि उत्तरतर्फको वनमा पहेंलो प्लाष्टिकको झोलामा महिलाले लगाउने रातो सुरुवालमा बेरेर फालिएको अवस्थामा शिशुको शव भेटिएको हो । सामुदायिक वनले खटाएका वन हेरालु कर्मचारीले देखेपछि वन समूहमार्फत प्रहरीमा खवर भएको हो ।
स्थानीय मधुबिलास अधिकारीका अनुसार १–२ दिन अगाडि मात्रै जन्मिएको जस्तो देखिने छोरा जातको शिशुको शव भेटिएको हो ।
अहिले प्रहरी घटनास्थलको प्रारम्भिक अनुसन्धानमा जुटिरहेको छ ।
गत कार्तिक ४ गते नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं। ४ को चुवा खोल्सा नजिक नाभी समेत नकाटिएको अवस्थाको साल–नाल सहितको नवजात शिशुको शव प्रहरीले फेला पारेको थियो । नवलपुरमा बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुई जनालाई नवलपुर प्रहरीले पक्रन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->