नवलपुर, २ पुस– नवलपुर प्रहरीले सवारी चेकजाँचका क्रममा (बुधवार) लागु औषध सहित एक जनालाई पक्रेको छ । कावासोती १६ स्थित चालिसकिलो क्षेत्रबाट बसमा सवार २६ बर्षीय युवकलाई समातेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. १ का २६ बर्षका सनमकुमार थारु लागु औषध सहित पक्राउ परेका हुन् । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ८९०८ नं. को बसमा सवार थारुको साथबाट नुर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाइट्रोभेट ट्याबलेट ५४ ट्यावलेट लागु औषध बरामद गरेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले बताए ।





