बागलुङ, ३ पुस, संघीयता र भ्रष्टाचारको विरोध गर्दै राष्ट्रिय जनमोर्चा बागलुङले शुक्रबार बागलुङ बजारमा मोटरसाइकल ¥याली गरेको छ । गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा, संघीयता र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने भन्दै जनमोर्चाको देशव्यापी कार्यक्रमअन्र्तगत बागलुङमा पनि मोटरसाईकल ¥याली गरिएको हो ।
जिल्लाका बिभिन्न ठाउँबाट आएको मोटरसाईकल ¥याली राष्ट्रिय जनमोर्चा कार्यालयबाट सुरु भई बजारका विभिन्न स्थानको परिक्रमा गरि लोकतान्त्रिक चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । ¥यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापाले संघीयता नेपाल र नेपाली जनताका लागि अभिसाप भएकाले असफल हुँदै गएको दाबी गरे ।
राष्ट्रियता कमजोर बन्दै गएको बेला सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै थापाले संघीयताविरुद्धको आन्दोलन सशक्त बनाउन जोड दिए । थापाले दुई तिहाईको सरकार राष्ट्रियता र गणतन्त्रको सवालमा गम्भिर नबनेका कारण राजवादीहरु चलमलाउन थालेको बताए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले गणतन्त्रवादी शक्तिहरु एक भएर राष्ट्र र राष्ट्रियताको सवालमा अगाडि बढ्नुको सट्टा एउटै पार्टीभित्र भएको पदको खिचातानीले जनताले सरकार भएको अनुभुति गर्ने स्थिती नआएको बताए । कार्यक्रम जिल्ला सचिव भिमलाल पोखरेलले सञ्चालन गरेका थिए ।






