मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बोक्सी आरोपमा कुटपिट गर्ने पक्राउ

बोक्सी आरोपमा कुटपिट गर्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

बागलुङ, ३ पुस– बोक्सी आरोपमा कुटपिट र यातना दिएको आरोपमा यहाँका ५ जना पक्राउ परेका छन् । बडिगाड गाउ“पालिका वडा नं. २ की ३६ बर्षकी एक महिलालाई यातना दिएको आरोपमा उनीहरु शुक्रवार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वडानंं. २ का तेजबहादुर राना, बिजय राना, जुना र उमा सहित अर्का एकजनापनि पक्राउ परेका हुन् । उनीहरुले पीडित महिलालाई मुखमा टेप टाँसेर निर्घात कुटपिट गरेको, मानसिक यातना दिएकोले पक्राउ गरिएको प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

ती महिलाको ६ बर्षको छोरा र १३ महिनाकी छोरी छिन् । पीडितको धौलागिरी अस्पतालमा स्वास्थ्य परीक्षण र उपचारपछि घर पठाइएको छ । ‘बोक्सीको आरोपमा यातना दिएकोले कसुर बढीनै देखिन्छ’ श्रेष्ठले भने, ‘उनीहरुलाई पुस ६ गते सम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश पनि आइसकेको छ ।’ नियोजित रुपमा लामो समय देखि ती महिलालाई यातना दिएकोले थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->