बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पाङ्ग्रेमा मोटरसाईकल दुर्घटना : घाईतेको अस्पतालमा मृत्यु

पाङ्ग्रेमा मोटरसाईकल दुर्घटना : घाईतेको अस्पतालमा मृत्यु


  • खगेन्द्र पराजुली
  • पुष ४ २०७७, शनिबार

नवलपुर, ४ पुस– नवलपुरको पहाडी सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी घाईते भएका एक जनाको मृत्यु भएको छ ।
हुप्सेकोट गाउँपालिका वडा नं. ५ स्थित पाङ्ग्रे भन्ने ठाउँमा दुर्घटना हुदा बुलिङटार गाउँपालिका वडा नं. ४ का सूर्यबीर वानटकी गम्भीर घाईते भएका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मोहनबहादुर खाँणले बताएका छन् ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेका वानटकीले चलाएको लु ३१ प ९७९० नं।को मोटरसाईकल आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी १ सय ३० मिटर तल खस्दा उनको टाउको लगायत शरीरका बिभिन्न भागमा चोट लागेको थियो ।
गम्भीर घाईते भएका वानटकीलाई उद्धार गरि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाएकोमा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->