मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

रामरेखामा मोटरसाईकल खस्यो, एक जना घाईते

रामरेखामा मोटरसाईकल खस्यो, एक जना घाईते


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७७, शनिबार
रामरेखामा दुर्घटनामा परेको मोटरसाईकल । तस्विरः सामाजिक सञ्जाल

बागलुङ, ४ पुस– गुडिरहेको मोटरसाइकल सडकबाट खस्दा एक जना घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं. १ रामरेखा ओमशान्ति चोकमा शनिबार ट्याक्टरसँग झुक्किएर मोटरसाइकल सडकबाट घरछेउमा खसेको हो । बा ९२ प २०३४ नम्बरको मोटरसाईकलमा पछाडी बसेका बागलुङ नगरपालिका वडा नंं. ८ सिगानाका ३१ वर्षिय नेत्र कार्की घाईते भएका हुन् । उनको दाईने हातमा गहिरो चोट लागेकाले उपचारको लागि पोखरा पठाईएको छ । प्रहरी निरीक्षक विजय भण्डारीका अनुसार, आवारोडबाट रामरेखा जाँदै गरेको मोटरसाईकल रामरेखाबाट आउदै गरेको लु ४ त ३२३४ नम्बरको ट्याक्टरसँग झुक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेका मोटरसाइकल चालक रुजित थापा भने सकुशल रहेको भण्डारीको भनाई छ । ट्याक्टर चालकसँग दुर्घटना सम्बन्धि सोधबुझ भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->