बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अधिवेशन हुने सहमति भएपछि खुल्यो ताला

अधिवेशन हुने सहमति भएपछि खुल्यो ताला


  • खगेन्द्र पराजुली
  • पुष ५ २०७७, आइतबार

नवलपुर, ५ पुसअधिवेशन हुने सहमति भएपछि नवलपुरको तम्सरीया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ताला खुलेको छ । मध्यबिन्दु नगरपालिका, खानेपानी संस्था तथा आन्दोलनरत पक्षबीच भएको सहमतिपछि ताला खुलेको हो ।
नगरपालिका प्रमुख चन्द्रबहादुर रानाको रोहवरमा बसेको सर्वपक्षीय बैठकले पौष २१ गतेलाई अधिबेशन गर्ने मिति तोकिएपछि सहमति भएको जनाईएको छ । अधिबेशन सम्पन्न गर्न नगरपालिकाका शाखा अधिकृत शन्देश न्यौपानेलाई निर्वाचन अधिकृत समेत तोकिएको छ ।
आन्दोलनरत पक्षले उठान गर्दै आएको महशुल समायोजनको माग भने अव बन्ने समितिले निर्णय गर्न पाउने गरी बिचाराधिन अवस्थामा राखेर सर्वपक्षीय सहमति भएको छ ।
बैठकमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख रानाले विधान अनुसार वर्तमान समितिको कार्यकाल सकिएको लामो समय भएकाले सर्वपक्षीय निर्णय बमोजिम पुस २१ गते नै अधिवेशन गर्नको लागि कार्यसमितिलाई निर्देशन दिदै सो समयमा निर्वाचन नभए नगरपालिकाले थप कदम चाल्न सक्ने चेतावनी दिनु भएको छ ।
खानेपानीका उपभोक्ताहरुले पुस १ गते संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए । संस्थाले नियमित रुपमा हुनुपर्ने मिटर रिडिङ्ग नगरी २०७७ साउन देखि मंसिर सम्मको पानीको महशुलको बिल एकमुष्ठ उपभोक्ताहरु कहाँ पठाएपछि आन्दोलित उपभोक्ताहरुले मुल्य समायोजन र विधान अनुसार तत्काल अधिवेशनको माग गर्दै संस्थामा तालाबन्दी गरेका थिए । अनिश्चितकालिन तालावन्दी गरेका उपभोक्ताको संघर्ष समितिले भोलपल्टै नगरपालिकाकोको समेत ध्यानाकर्षण गराउँदै नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएका थिए । अधिबेशन गर्ने सहमति भएपछि खानेपानीमा लागेको ताला ४ दिनपछि खुलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->