बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संसद बिघटन घोर असंबैधानिक : नेता नेपाली

संसद बिघटन घोर असंबैधानिक : नेता नेपाली


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७७, आइतबार

नवलपुर, ५ पुस– गण्डकी प्रदेश सभामा विपक्षी दलका नेता तथा वरिष्ठ अधिवक्ता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्रीको संसद विघटन गर्ने प्रस्ताव घोर अप्रजातान्त्रिक र असंबैधानिक कदम भएको बताएका छन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठकवाट निर्णय गरेर संसद बिघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको केहेबेरमा गण्डकी प्रदेश सभा विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले एक बिज्ञप्ती मार्फत त्यस्तो असंबैधानिक कदम फिर्ता लिन माग गरेका हुन ।
बिज्ञप्तीमा नेकपा पार्टीभित्रको झगडा मिलाउन नसकेर संसद बिघटनको प्रस्ताव गर्नु घोर अप्रजातान्त्रिक भएको भन्दै फिर्ता लिन माग गरिएको छ ।
जनताको झण्डै दुई तिहाइको जनाआदेशमार्फत शासन गर्न दिएको अधिकारको संरक्षण गर्न प्रधानमन्त्री र नेकपाको कमजोरी रहेको उनले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->