मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

संसद विघटनको प्रस्ताव, अधिनायकवादी बाटो : अध्यक्ष थापा

संसद विघटनको प्रस्ताव, अधिनायकवादी बाटो : अध्यक्ष थापा


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७७, आइतबार

बागलुङ, ५ पुस– राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रस्ताव ल्याएर अधिनायकबाद लाद्न खोजेको बताएका छन् । प्रधानमन्त्रीले ल्याएको प्रस्ताव देश र जनताका लागि अभिशाप भएको भन्दै थापाले दुई तिहाईको सरकारले गम्भिर गल्ती गरेको बताए । यसअघिनै रक्षा मन्त्रालय आफ्नो मातहतमा ल्याएका प्रधानमन्त्रीले ताजा जनादेशको बहाना बनाएर संसद विघटन गर्ने र सर्वसत्तावाद लाद्ने तयारी थालेको उनको आरोप थियो । ढोरपाटनसँगको सम्वादमा थापाले भने ‘संसद विघटन गर्ने कुनै परिस्थिती थिएन्, पार्टीभित्रको किचलो मिलाउन नसकेर सर्बसत्ताबादका लागि प्रस्ताव गरिएको हो ।’
उनले नेकपा पार्टीभित्रको झगडा मिलाउन नसकेर संसद विघटनको प्रस्ताव गर्नु घोर अप्रजातान्त्रिक भएको भन्दै फिर्ता लिन मागसमेत गरे । जनताको झण्डै दुई तिहाइको सरकारले जनभावनामा घात गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->