मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ओलीले कुकर्म गरे : नेकपा सचिव गैरे

ओलीले कुकर्म गरे : नेकपा सचिव गैरे


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७७, आइतबार

बागलुङ, ५ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका सचिव ज्ञामनाथ गैरेले प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रस्ताव ल्याएर कुकर्म गरेको बताएका छन् । पाँच वर्षका लागि जनताले दिएको जनादेश कुल्चेर संसद विघटन गर्ने प्रस्ताव ल्याउनु संविधान विपरितको काम भएको भन्दै गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई धोरा दिएको प्रतिक्रिया दिए ।
ढोरपाटनसँगको सम्वादमा गैरेले भने ‘सबै सुविधा हुँदाहुँदै छलफल र बहसबाट भागेर ओलीले कुकर्म गरे, जुन कम्युनिष्ट आन्दोलन र देश तथा जनताका लागि सरासर धोका हो ।’ उनले प्रधानमन्त्रीको कदमको चौतर्फी प्रतिरोध हुनुपर्ने बताए । जनादेश कुल्चिने अधिकार कसैलाई पनि नभएको भन्दै ओलीले दिएको धोकाको प्रतिवाद नेपाली जनताले गर्ने गैरेको दाबी थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->