नवलपुर, ५ पुस– नवलपुरमा आगोले जलेर घाईते भएकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । जाडो भएकाले आगो ताप्दै गर्दा मध्यबिन्दु नगरपालिका वडा नं। ११ की ७७ वर्षीया देवकी घिमिरे आगोले पोलेर घाईते भएकी हुन् ।
शनिवार बिहान आगोले जलेर घाईते भई उपचारका लागि किर्तीपुर अस्पताल काठमाण्डौ लगिएकोमा आज आईतवार बिहान बृद्धाकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।





