बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा लाग्यो ओली मुर्दावादको नारा

तनहुँमा लाग्यो ओली मुर्दावादको नारा


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७७, आइतबार

तनहुँ, ५ पुस– संसद विघटनको बिरोधमा तनहुँमा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नारा लगाईएको छ । आईतबार अपरान्ह नेकपाका युवाहरुले दुलेगौँडाको विपीचोकमा पृथ्वीराजमार्ग अबरुद्ध पार्दै बिरोध प्रर्दशन गरे । बिरोधमा सहभागीले ओली बिरुद्ध चर्को नारा लगाए । उनीहरुले केपी ओली मुर्दावाद, प्रतिगामी कदम मान्दैनौँ, संघिय गणतन्त्र जिन्दावाद भन्दै चर्का नारा लगाए ।
बिरोध सभामा बोल्दै नेकपा जिल्ला सचिवालय सदस्य खुुमबहादुर विक (राजु) ले एकपक्षीय ढंगबाट ओलीले संसद विघटन गरेको आरोप लगाए । उनले भने, ‘यो असंवैधानिक कदम हो । तुरुन्त फिर्ता लिनुपर्दछ ।’ उनले दुई तिहाईको शक्तिशाली सरकारले जनअपेक्षा अनुसारको काम गर्नुको सट्टा ओली सर्वसत्तावाद हावी भएको टिप्पणी गरे । ओलीको कदमले पार्टीपंक्ति मर्माहत भएको बताए ।
जिल्ला कमिटि सदस्य दुर्गाकुमार श्रेष्ठले केपी ओलीको बदमासीलाई पार्टी एकताको नाममा सहेको अब नसहने बताए । उनले संसद विघटनको बिरुद्ध डटेर मुकाविला गर्ने जनाए ।
अनेरास्वियु जिल्ला सदस्य मनोज बानियाँले जनताको अमुल्य मतको कदर नभएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->