बागलुङ, ५ पुस– संसद विघटनको विरोधमा बागलुङमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा नाराजुलुश गर्दै विद्यार्थीहरुले संसद विघटन निर्णण्को विरोध गरेका हुन् ।
आईतबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ नेपाल बागलुङ र नेपाल विद्यार्थी संघ बागलुङले प्रदर्शन गरेका हुन् । विरोधमा सहभागीले ओलीविरुद्ध चर्को नारा लगाए । उनीहरुले केपी ओलीको प्रतिगामी कदम मान्दैनौँ, संघिय गणतन्त्र जिन्दावाद भन्दै चर्का नारा लगाए ।
विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य जीवन शर्माले निर्णय नसच्चाए कडा आन्दोलन गर्ने चेतवानी दिए । राष्ट्रिय युवा संघ बागलुङका अध्यक्ष रेशम घर्तिले प्रधामन्त्रीले लिएको कदम राष्ट्रहित विपरित रहेको बताए । अनेरास्ववियु र राष्ट्रिय युवासंघको कार्यक्रम सकिएलगत्तै नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो । नेविसंघले सरकार, दुईतिहाई बहुमत र राष्ट्रपति समेतलाई कटाक्ष गर्दै नाराबाजी गरेको थियो ।

नेविसंघको बिरोध भिडियोमा…






