मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

संविधानको सफलता र असफलता बारे छफफल

संविधानको सफलता र असफलता बारे छफफल


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार
?

बागलुङ, ६ पुस– संविधान जारी भएको ५ बर्षको सफलता र असफलता बारे बागलुङका केही राजनीतिक दलले छलफल गरेका छन् । जनता दल नेपालले बागलुङा सोमबार आयोजना गरेको सर्बदलीय बैठकमा सहभागिले संविधान राम्रो भएपनि असफलतामा लैजान नेताहरुले भूमिका खेलेको दावी गरेका थिए ।
संविधान सफल र असफल नभएपनि कार्यान्वयनमा जानेले असफलताको बाटोमा हिडालेको उनीहरुको आरोप थियो । उक्त दलका अध्यक्ष तिलक रिजालले संविधान लेखनमै कमजोरी भएको भन्दै पुर्नलेखनको माग समेत गरे ।

मौलिक हक कायम गराउन सरकार असफल रहेको उनको टिप्पणी पनि थियो । ‘मौलिक हक कार्यान्वयनकालागि संवैधानिक आयोग गठन नहुनुनै यसको कारण हो, तर अहिले चोरबाटोबाट गठन भएको आयोगले काम गर्न सक्दैन’ उनले भने, ‘संघियताका केही पक्ष र धर्म निरपेक्षता लेखेर मात्र भएन, कार्यान्वयन हुनै सक्दैन ।’ उनले हिन्दु बौद्ध बहुधार्मिक राष्ट्र लेख्न आग्रह गरे ।
एकैदिन ३ सय बढी अस्पताल शिलान्यास गर्दापनि पूजापाठ गरेर हिन्दु धर्मको विधि प्रयोग भएको भन्दै उनले काम एउटा गर्ने, संविधाना निरपेक्ष लेखेर मात्र कार्यान्वयन नहुने उनले टिप्पणी पनि गरे । यो संविधानले प्रधानमन्त्री, राष्ट्रपति र मन्त्री निर्वाचन गर्न मात्रै सफल भएको उनको धारणा थियो । यो अभियान देशव्यपी बनाउन अन्य दलको सहकार्य खोजेको उनले बताए । सोमबार उनले आयोजना गरेको बैठकमा कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, राजमोका उपाध्यक्ष धर्म कुँवर, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य यामबहादुर श्रीष, , नेकपा मालेका निरबहादुर क्षेत्री र राप्रपाका सहअध्यक्ष शैलेन्द्रबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । संविधानको कार्यान्वयन गर्न आएको सरकारले सत्ता स्वार्थमा संविधानमाथि कुल्चेको आरोप समेत लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->