बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अरुणखोलाको आईएमईमा चोरी गर्ने ३ जना पक्राउ

अरुणखोलाको आईएमईमा चोरी गर्ने ३ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७७, मंगलबार

नवलपुर, ७ पुस– गत मंसीर २७ गते अरुणखोलाको आईएमई काउण्टर फोडेर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ३ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएका प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं। ३ का बर्ष ४० का भरत बि।क, उनकै छोरा बर्ष १९ का सिमन सुनार र मध्यबिन्दु नगरपालिका वडा नं। १० का २६ बर्षीय पदमसिंह सारु रहेका छन् ।
मध्यबिन्दु नगरपालिका वडा नं। १० अरुणखोलाको विन्देश्वर ईन्टरप्राईजेजको आईएमईबाट नगद रु ९ लाख ३२ हजार २५७ रुपैया, ल्यापटप २ थान र सामसुङ कम्पनीको मनिटर १ थानको पर्ने मूल्य गरी जम्मा रु। १० लाख ६७ हजार २५७ बराबरको धनमाल चोरी भएको उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->