नवलपुर, ८ असोज– कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । नवलपुरको गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको पहरामा दुर्घटना भएको छ ।
ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक खसेको हो ।
बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा ट्रक दुर्घटनामा परेको जनाईएको छ । घटनास्थलमै ३ जना पुरुषको शव फेला परेको स्थानीयले जानकारी दिएका हुन् ।
ट्रक पहराबाट करिव २ सय मिटर तल खसेको छ भने सडकदेखी करिब १ सय मिटर दुरीमा शव फेला परेको छ ।
गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीका अनुसार ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरीको टोली घटनास्थल गईरहेकाछन् ।
घटनास्थल गैंडाकोट पुर्व पश्चिम राजमार्गदेखी करिब ३५ किमिको दुरीमा पर्छ । विस्तृत विवरण अझै आउन बाँकी रहेको छ ।





