
पोखरा, ८ पुष–जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला नभई मस्तिस्क खराब भएको आरोप लगाएका छन । संसद् पुर्नस्थापनाको माग सहित प्रधानमन्त्रीको विरोधमा उत्रिएको समाजवादी पार्टीका केन्द्रिय सदस्य होम तमुले प्रधानमन्त्री ओलीको दिमाग खराब भएको आरोप लगाय । ‘प्रधानमन्त्री ज्युको मृर्गौला खराब भनेको त दिमाग पो खराब भएको रहेछ’ उनले भने । सोहि क्रममा बोल्दै अन्य वक्ताहरुले प्रधानमन्त्रीले लोकतन्त्र र जनताका र्मम विपरीत गएर काम गरेको बताए ।




