मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बीवाइसीको स्थापना दिवश तथा २९ औं साधारणसभा 

बीवाइसीको स्थापना दिवश तथा २९ औं साधारणसभा 


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७७, बिहिबार

बागलुङ, ९ पुस– भीमापोखरा युवा क्लब बीवाइसी बागलुङको ३५ औं स्थापना दिवश तथा २९ औं साधारणसभा बिहिबार सम्पन्न भएको छ ।
साधारणसभाले आगामी दिनमा विधिको शासन, मानवअधिकारको रक्षा र युवा रोजगार तथा व्यवसाय लक्षित कार्यक्रम गर्ने नीति पास गरेको छ ।
संस्थालाई पारदर्शी बनाएर सुशासनको नमूना बनाउने, स्थानीय पालिकाहरुको सहकार्यमा राष्ट्र निर्माणमा योगदान गर्नेलगायतको कार्यक्रम र नीति बनाएको अध्यक्ष मणभद्र शर्माले बताए ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गैरसरकारी संस्थाहरु राज्यको सहयोगी निकाय भएकोले विकास निर्माण, चेतना विकास र जनपरिचालनमा सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।
उनले हरेक संस्थामा द्वन्द्वबाट सही निष्कर्ष निस्कने भन्दै संस्था चलायमान बनाउन विचार र बिकासको क्षेत्रमा बहस चलाउन पनि आग्रह गरे । ‘बहस र द्वन्द्वको उचित व्यवस्थापन गर्न सकेमा सही दिशानिर्देश गर्न सकिन्छ’ उनले भने, ‘काम नगरेका सयौं संस्था पलायन भएर जान्छन् ।’ जिल्ला प्रशासनमा दर्ता भएका दर्जनौ संस्थाहरु हराएको भन्दै उनले काम गरेका संस्था हातैमा गन्न सकिने पनि बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष टिकाराम सापकोटा, संस्थापकहरु विद्यापति शर्मा, कृष्णराज शर्मा, युवा नेता हिराबहादुर केसी, काठेखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्ग थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, दातृ संस्थाहरुबाट पूर्णशोभा महर्जन, गणेश बरुवाल, तुलाराम चौधरी र डिसिआरडिसीका अध्यक्ष सिर्जना थापाले पनि बोलेका थिए ।
क्लबका अध्यक्ष मणभद्र शर्माको अध्यक्षता, सचिव दिपक गौतमको संचालन र उपाध्यक्ष तायानाथ गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा गौतमले प्रगती र कोषाध्यक्ष गंगाकुमारी शर्माले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
बीवाइसीले झोलुंगेपुल निर्माण, पशुवस्तुको मूल्य श्रृंखलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना, लक्षित वर्गमा स्वास्थ्य सेवा सहयोग, ग्रामीण स्वास्थ्य सुधार, सुरक्षित बैदेशिक रोजगार, संस्थागत विकास तथा वातावरण सुधार र शौचालय निर्माण सहयोग कार्यक्रम संचालन गरिरहेको समेत सचिव गौतमले बताए ।
कार्यक्रममा जेष्ठ सदस्य कृष्णराज शर्मा, कर्मचारीहरु रिता शर्मा, निर्मला बुढाथोकी र पुनाराम बिकलाई सम्मान गरिएको थियो । उक्त अवसरमा उद्यमी तथा प्राविधिक गिरिबहादुर पुन र कुशुमाया केसीलाई पनि पुरस्कृत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->