पोखरा, ९ पुष – प्रधानमन्त्री केपी ओलीको विरोध सहित संसद् पुर्नस्थापनाको माग गर्दै विद्यार्थी संगठनले संयुक्त रुपमा पुत्ला जलाएका छन ।
प्रधानमन्त्री ओलीले तत्कालै राजिनामा दिनुपर्ने माग सहित राष्ट्रपति समेत फेरीनुपर्ने भन्दै नारा लगाउँदै पुत्ला जलाएका हुन ।
पुत्ला जलाउने क्रममा विद्यार्थीहरुले प्रहरीमाथी ढुङ्गा समेत प्रहार गरे । पुत्ला जलाउन रोक्न खोज्दा प्रहरी माथी ढुङ्गा प्रहार गरेका हुन । स्थिती भने सामान्य रह्यो । आन्तरिक द्धन्द्ध चलिरहेकै समयमा प्रधानमन्त्रीले अचानक संसद् विघटन गर्नु रहस्यपुर्ण रहेको बताइएको छ । विभिन्न नाराबाजी सहित ओली र राष्ट्रपतिको विरोधमा विभिन्न पार्टी निकट भातृसंगठन आन्दोलनमा उत्रिएका छन ।




