पोखरा, ९ पुस – प्रमुख प्रतिपक्षि पार्टी नेपाली कांग्रेसले मंसिर १३ गते देशभर आन्दोलन गर्ने भएको छ । बिहिवार सम्पन्न केन्द्रीय समितिको बैठकले कांग्रेस सडकमा जाने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु संविधान र लोकतन्त्रको विपरीत भएको भन्दै देशभर विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।




