पोखरा, १० पुष–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सडकबाट प्रधानमन्त्री हुन नसक्ने बताए । ओली निकट युवाहरुको प्रदेश स्तरीय भेलाको सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले उक्त कुरा बताएका हुन । सोहि क्रममा बोल्दै उनले संसद पुर्नस्थापना कुनैपनि हालतमा नहुने बताए ।
संसद् विघटन अलोकतान्त्रिक कसरी हुन सक्छ ? नेपालको प्रधानमन्त्रीले संसद् विघटन गरेर राजालाई संसद् बुझाएको हो होइन । कुनै सेनाको जनरललाई बुझाएको हो त्योपनि होइन संकटकालको घोषणा गरेको हो ? त्योपनि होइन । उहाँले भन्नुभयो यो अधिकार सम्पूर्ण जनतालाई छ । संसारमा सबैभन्दा लोकतान्त्रिक र सबैभन्दा संवैधानिक भनेकै यो सरकार हो । संसद पुर्नस्थापना कुनै हालतमा हुदैँन । यद्यपी यसको चाहिँ छलफल चलिराखेको छ । प्रधानमन्त्रीले नेपालको इतिहासमै पहिलो पटक नयाँ युगको सुरवात गर्दै नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्ने अभियान चलाएको बताए । उनले सडकबाट आन्दोलन नगरी निर्वाचनमा आउन चेतावनी दिए । प्रचण्डले खेलेको जाल र षडयन्त्र बुझ्न नसकेको धारणा राखे ।
सोहि क्रममा बोल्दै केन्द्रिय नेता महेश बस्नेतले निर्वाचन कुनैपनि हालतमा हुने बताए । भेलाको सम्बोधन गर्दै उनले निर्वाचन पश्चात नेताहरु जेलको हावा खाने चेतावनी समेत दिए । बस्नेतले सडकमा हात्ती नहिड्दा कुकुरहरु बढि भेक्ने गरेको बताउँदै अब युवाहरुलाई सडकमा आउन आग्रह गरे । भेलामा नेकपा कास्की अध्यक्ष कृष्ण थापा, गण्डकी प्रदेशसभा सदस्य राजिव पहारी, युवा नेता करिण पौडेल, रमेश पौडेल लगायतले सम्बोधन गरेका थिए ।




