बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुकुम्वासीलाई जग्गाको मालिक बनाउछौं : अध्यक्ष ज्ञवाली

सुकुम्वासीलाई जग्गाको मालिक बनाउछौं : अध्यक्ष ज्ञवाली

राजनैतिक अस्थिरताका कारण कार्यक्रम सफल हुने कि नहुने भन्नेमा शंका


  • खगेन्द्र पराजुली
  • पुष ११ २०७७, शनिबार

नवलपर, ११ पुस- कावासोतीमा दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको विवरण र तथ्याङ्क संकलन ईकाई कार्यालयको स्थापना भएको छ । दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी समस्या समाधान आयोगका राष्ट्रिय अध्यक्ष देबीप्रसाद ज्ञवालीले आज कावासोतीमा स्थापित ईकाई कार्यालयको उद्घाटन गरे ।

अध्यक्ष ज्ञवालीले सरकार यसपटक एक पटकका लागि साच्चिकै सुकुम्वासीलाई जग्गाको मालिक बनाउने र लालपुर्जा प्रदान गरि सुकुम्वासी समस्या समाधान गर्नेतर्फ लागेकाले यस आयोगले तदारुकताका साथ काम कारवाही अगाडी बढाएको जिकिर गरे ।

उनले ब्यक्तिगत पक्षसँग जोडिएका सुकुम्वासी बाहेक सार्वजनिक सम्पतिको स्वामित्वका बारेमा पनि ठोस निर्णय गर्ने गरि तयारी थालिएको बताए ।

कार्यालय उद्घाटन पछि कावासोती नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सार्वजनिक संघसंस्थाहरु बिद्यालय, क्याम्पस, खेल मैदान, मठ–मन्दिर, गुठी लगायतका जमिनहरु धेरैको आफ्नो स्वामित्व नभएको अवस्थामा के हुने भन्ने जिज्ञासा राखेका थिए ।

उनीहरुले बर्तमान राजनैतिक अस्थिरताले गर्दा सरकार र आयोगको यो अभियान सफल हुने कि नहुने भन्नेमा शंका ब्यक्त गरेका छन् । तर, सुकुम्बासी समस्या सबैको साझा समस्या भएकाले निष्पक्ष कार्यमा सघाउने बताए ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरुले बास्तविक सुकुम्वासीको समस्या समाधान गर्ने स्वस्थ भावनामा एकमना एकता रहने प्रतिवद्धता जनाएका छन् ।

कावासोती नगरपालिकाका अध्यक्ष चन्द्रकुमारी पुनको अध्यक्षतामा भएको समारोहमा उपप्रमुख प्रेमशंकर मर्दनियाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->