तनहुँ, १३ पुस– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव गराउने नियतले संसद विघटन नभएको जिकिर गरेका छन् ।‘संसद विघटन चुनाव गराउने नियतमा भएको छैन् । यो कदमले जनताको विश्वासमाथी धावा बोल्यो’, उनले भने । संसद विघटनको बिरोधमा भिमादमा भएको तनहुँ क्षेत्र नम्बर २ को बिरोध सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधीसभा पुर्नस्थापना गरेर लोकतन्त्र जोगाउन अदालतलाई अनुरोध गरे ।
संसद विघटनको राष्ट्रको दुरगामी अहितका लागी भएको उनले बताए । ‘नेपाललाई अफगानस्तानको रुपमा पु¥याउन भयानक षडयन्त्र छ । यो षडयन्त्रको भण्डाफोर हुनुपर्दछ’, उनले अगाडी थपे, ‘षडयन्त्रकारीबाट देशलाई बचाउनुपर्दछ ।’ नेपाललाई युद्धभूमी बनाउने प्रपञ्चमा संसद विघट भएको उनको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरेतापनि संविधानको संरक्षक भएको हिसाबले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुपर्ने उनको धारणा छ । देश बिकास गर्न जनताले दुई तिहाई मत दिएर पठाएको प्रधानमन्त्रीले तमसा देखाएको बरिष्ठ नेता पौडेलको आरोप छ । अब चुनावमा जनतासंग भोट माग्ने हैसियत कम्युनिष्टसंग नभएको उनले बताए ।





