बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : महामन्त्री कोइराला

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : महामन्त्री कोइराला


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७७, सोमबार

पोखरा, १३ पुस– नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको जिकिर गरेका छन् । उनले संबिधानको मर्म र भावनालाई सम्वोधन गर्न पुर्नस्थापना हुनुपर्ने धारणा राखेका छन् ।
देशैभरका सवै निर्वाचन क्षेत्रमा कांग्रेसले आज आह्वान गरेको बिरोध प्रदर्शनमा नवलपुर आउनुभएका कोइरालाले गैंडाकोटको प्रदर्शनमा सम्बोधन गरेका थिए ।
प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै कोइरालाले नेपाली काग्रेस सर्बसत्ताबादका बिरुद्ध आन्दोलनमा उत्रिएको भन्दै संसद पुर्नस्थापनाका लागि एक जुट भएर लागेको बताए ।
उनले नेपाली काङ्ग्रेसको नेतृत्वमा संविधान बनेको जिकिर गर्दै संविधानको रक्षा गर्ने अभिभारा पनि काङ्ग्रेसकै भएको दावी गरेका छन् ।
सम्वोधनकै क्रममा कोइरालाले निर्वाचनको परिस्थिति बन्न सक्नेतर्फ पनि संकेत गर्दै चुनावी गतिबिधिमा लाग्न पनि कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->