पोखरा,१३ पुष– नेपाली कांग्रेस केन्द्रको निर्देशनमा कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा संसद् पुर्नस्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरिएको छ ।
ओलीले संविधानमाथी टेकेर एकात्मक शैलीमा संसद् विघटन गर्नु राज्यको लागी निकै ठुलो दुर्घटना भएको भन्दै विरोध गरेका हुन । कास्कीका निर्वाचन क्षेत्र १,२ र ३ मा विरोध गरिएको हो । प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार संविधानले नदिएको कास्कीका नेता शुक्रराज शर्माले बताए । अराजक शैलीमा आन्तरिक द्धन्द्धको कारण मुलुकलाईनै संकटमा कम्युनिष्ट सरकारले पारेको उनले आरोप लगाए ।




