बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उपाध्यक्ष पौडेललाई नवलपुर उद्योग बाणिज्य संघको स्वागत

उपाध्यक्ष पौडेललाई नवलपुर उद्योग बाणिज्य संघको स्वागत


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७७, मंगलबार

नवलपुर, १४ पुस– उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका जिल्ला–नगर उपाध्यक्ष ओमप्रसाद पौडेललाई नवलपुर उद्योग वाणिज्य संघले जिल्लामा स्वागत गर्दै बधाई तथा शुभकामना प्रदान गरेको छ ।

आज मंगलवार नवलपुर उद्योग बाणिज्य संघको कार्यालयमा अध्यक्ष डाँसुराज पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

पौडेललाई संस्थाको तर्फबाट सम्मान पत्र र दोसल्लाद्धारा अभिनन्दन गरिएको हो ।

उपाध्यक्ष पौडेलले कोरोनाका कारण थला परेका उद्योग–ब्यवसायको प्रवद्र्धनमा आफ्नो पहिलो ध्यान जाने बताए ।

पौडेलले प्रदेशभित्रका सानादेखि ठुला उद्योग, पर्यटन, कृषि र व्यापारका क्षेत्रहरुलाई उर्जाशील गराउने कार्यमा लाग्ने बताए ।

बधाई तथा शुभकामना कार्यक्रममा नवलपुर उद्योग बाणिज्य संघका सल्लाहकारहरु शालिकराम ढकाल, बिष्णु भुसाल, महेन्द्र पोखरेल, चेतनाथ पोखरेल र लिला भण्डारीले शुभकामना मन्तब्य सहित खादा ओडाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->