शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

संसद विघटन गरेकै दिनै ओलीले सबै अधिकार गुमाए : पाण्डे

संसद विघटन गरेकै दिनै ओलीले सबै अधिकार गुमाए : पाण्डे

गण्डकी प्रदेश राजधानी पोखरामा नेकपा प्रचण्ड-माधव समुहको विरोध कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७७, मंगलबार

पोखरा, १४ पुस – नेकपा स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटन गरेकै दिन सबै अधिकार गुमाएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव कुमार नेपाल पक्षले पोखरामा संसद् पुर्नस्थापनाको माग गर्दै गरेको विरोधसभाको सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन । सभालाई सम्बोधन गर्दै पाण्डेले प्रधानमन्त्री ओली बाहिरी सेटिङमा संसद् विघटन गरेको बताए । ओली विघटन गरेदेखि नै अधिकार विहिन सस्त्र विहीन भएको उनले बताए । ‘जुन दिन देखि संसद् विघटन गर्नुभयो त्यहि क्षण त्यहि समयदेखि नै प्रधानमन्त्री ओराले लाग्न सुरुभयो, अब उहाँलाई कसैले पनि टेर्ने वाला छैन ।’ उनले ओलीले झुटो राष्ट्रवादको नारा घन्काउँदै पुनः जनतालाई धोका दिने योजना बनाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->