शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

ओलीले १४ वर्ष जेल १५ प्रतिपक्षी बन्न सक्ने, प्रचण्ड ३ महिना कुर्न नसक्ने ?

ओलीले १४ वर्ष जेल १५ प्रतिपक्षी बन्न सक्ने, प्रचण्ड ३ महिना कुर्न नसक्ने ?


  • विजय नेपाली
  • पुष १७ २०७७, शुक्रबार

पोखरा,१७ पुष–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिटिका सदस्य एवम् उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तोपबहादुर रायमाझीँले प्रचण्डले ३ महिना कुर्न नसक्दा देश संकटमा परेको बताएका छन् । नेकपा ओली समर्थनको कास्की जिल्ला भेलाको सम्बोधनको क्रममा बोल्दै उनले सो कुरा बताएका हुन । ‘ओलीले गणतन्त्रको लागी १४ वर्ष जेल गए । प्रतिपक्षी भएर १५ वर्ष कुरे अनि प्रचण्ड चाहिँ ३ महिना कुर्न नसक्ने ?– उनले भने । ओलीको लोकप्रियता देखेर प्रचण्डले आफु पदमा बस्न नपाउँने डरले गुटबन्दी गरेको कारण देश संकटमा पुगेको उनले बताए ।
ओलीलाई सडकमा ल्याउँन खोज्दा प्रचण्ड आफैँ सडकमा आएको उनको भनाइ छ । प्रचण्ड–नेपालले ३ महिना समेत कुर्न नसकेको मन्त्री रायमाझीले बताए । ‘पछिल्लो चरणमा देशको राजनिति असाध्यै विषम् परिस्थितिबाट अनि संकटको जस्तो परिस्थितिबाट गुज्रीरहेको छ । यो विषम् परिस्थिती नेपाल कम्युनिष्ट पार्टीको अस्वस्थ अन्तरविरोध र झण्डै झण्डै विभाजनको स्थितिमा पुगेको कारणले पार्टीलाई केबल, सरकारलाई मात्र होइन । सोहि भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री ओलीको उन्नती देखेर डाह गर्दै पदलोभ लालचले विभिन्न आरोप लगाएर सिध्याउन खोजेको आरोप लगाए । पार्टीभित्रैबाट ओलीलाई हटाउन अन्तिम रुप देखाएपनि कसैले केहि गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->