मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कृषि पत्रकारीता पुरस्कार पौडेल र ‘आर्थिक पत्रकारिता पुरस्कार’ राजभण्डारीलाई

कृषि पत्रकारीता पुरस्कार पौडेल र ‘आर्थिक पत्रकारिता पुरस्कार’ राजभण्डारीलाई


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७७, शनिबार

बागलुङ, १८ पुस– सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङले स्थापना गरेको ‘कृषि पत्रकारीता पुरस्कार’ गोरखापत्र दैनिकका गण्डकी प्रदेश संयोजक चन्द्रप्रकाश शर्मा ‘गणेश’लाई प्रदान गरिएको छ । सहकारीले आफ्नो साधारणसभाका अबसरमा शनिवार उक्त पुरस्कार समर्पण गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले उनलाई एक हजार पाँच सय रुपैयाँ नगद सहित दोसल्ला ओडाएर सम्मान गरे । सहकारीले कृषि क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई हरेक बर्ष पुरस्कृत गर्दै आएको छ ।
‘आर्थिक पत्रकारिता पुरस्कार’ राजभण्डारीलाई
बागलुङ उद्योग वाणिज्य सङ्घमा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’ नयाँ विश्व अनलाइनका सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई प्रदान गरिएको छ । रु ११ हजार १११ राशिको सो पुरस्कार आज आयोजित सङ्घको ५७ औँ साधारणसभामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरूपमा राजभण्डारीलाई प्रदान गरे ।

पुरस्कारका लागि सङ्घले गत वर्ष पुसमा सञ्चालित बागलुङ महोत्सवमा बचत भएको रकमबाट रु दुई लाख २२ हजार २२२ को अक्षयकोष स्थापना गरेको थियो । आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई बर्सेनि पुरस्कृत गरिने सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्षसमेत रहेका राजभण्डारीले पहिलो पुरस्कार प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->