शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

धारापानी महिला सहकारीको दोस्रो साधारणसभा

धारापानी महिला सहकारीको दोस्रो साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार

पोखरा, १९ पुस– पोखरा–५, प्रस्र्याङको धारापानीस्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा तथा उक्त सहकारीद्वारा संचालित मन्टेश्वरीको भवन समुद्घाटन समारोह शनिबार सम्पन्न भयो।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले विकासमा अव महिला जाग्नुपर्ने औँल्याउँदै आर्थिक रुपमा पछाडि परेसम्म महिला सशक्तिकरण नहुने बताइन् ।
पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले मेरो सहकारी भनी कारोवार गर्न सुझाव दिँदै कुनै अप्ठ्यारो परे सहकारी समितिसँग छलफल गर्न अनुरोध गरे ।कार्यक्रममा वडासदस्य हरीमाया विक, जग्गादाता वसन्तराज अधिकारी, धारापानी टोल ख का अध्यक्ष धनञ्जय पौडेल, शिक्षाप्रेमी हेरम्बप्रसाद कोइराला, सफल महिला विकास समितिका अध्यक्ष सिर्जना शाह, सल्लाहाकार सुभद्रा कोइराला,सहकारीकी अध्यक्ष राधिका आचार्य, मन्टेश्वरीकी अध्यक्ष कल्पना बास्तोला लगायतले पनि धारणा राखेका थिए ।
सो अवसरमा दैनिक बालबचत कर्ता संरचना लम्साल, असल कारोवारकर्ता कविता विक, असल वचतकर्ता गीतादेवी पौडेल, जग्गादाता बसन्तराज अधिकारी, सल्लाहकार ज्ञानेन्द्र घिमिरेसहित अध्ययनरत विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।उक्त सहकारीमा हाल कुल एक सय २८ जना शेयर सदस्य छन्।जसको शेयर पुजी कुल रु.७२ लाख ७५ हजार छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->