मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

मानव सेवा आश्रमलाई न्यानो कपडा

मानव सेवा आश्रमलाई न्यानो कपडा


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार

बागलुङ, १९ पुस– युवाहरुको संस्था मिसन नेपालले मानव सेवा आश्रम बागलुङलाई न्यानो कपडा प्रदान गरेको छ । शनिवार आश्रममा आयोजित एक कार्यक्रमकाबीच २० जोर ट्रयाकसुट प्रदान गरिएको मिसन नेपाल बागलुङका सचिव खिमकुमार थापाले जानकारी दिए ।

कार्यक्रममा मिसन नेपालका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष भरतप्रसाद पाठकसहित कार्यसमितिका पदाधिकारी, सदस्यलगायत सहभागी थिए । मिसन नेपाल बागलुङको कार्यसमिति गठन पनि शनिवारनै गरिएको थियो ।

मिसन नेपाल सामाजिक विकृति, विसङ्गती विरुद्धको अभियानमा सक्रिय छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->