शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

रेडक्रसको सोसाइटी कास्कीमा वडा उपशाखाको अधिवेशन

रेडक्रसको सोसाइटी कास्कीमा वडा उपशाखाको अधिवेशन


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार

पोखरा, १९ पुस– नेपाल रेडक्रस सोसाइटी कास्की २/३ उपशाखाको १४ औं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस कास्की शाखाका मन्त्री धर्मराज अधिकारीले भूकम्पको समयमा केही रेडक्रसका पदाधिकारीहरुले आर्थिक अनियमितता गर्नाले सिंगो रेडक्रसलाई बदनाम बनाए ।रेडक्रसले ग्रामीण क्षेत्रमा वार्षिक २ पटक स्वास्थ्य शिविर सञ्चालन गरि सामाजिक उत्तरदायित्वका कामहरु गरिरहेको र रक्तसञ्चार क्षेत्रमा कास्की जिल्लामा १ सय २० युनिट दैनिक खपत हुनेमा कास्की जिल्ला मात्र नभई काठमाण्डौं, चितवन लगायतका क्षेत्रमा समेत रगत सहयोग गरिएको, कोभिड–१९ ले अक्रान्त पारेको अवस्थामा कास्की रेडक्रसले उल्लेख्य कार्य गरेको समेत बताएका थिए ।
उपशाखा २÷३ का सभापति खगेन्द्रराज पराजुलीले कोरोनाको कारणले अपेक्षित कार्यक्रम गर्न नसकेको जनाए ।
त्यसैगरी कार्यक्रममा बोल्दै उपशाखा २ र ३ का सल्लाहकार टंकमान नापितले वि.सं. २०२२ साल भन्दा अगाडिबाट नेपालमा स्थापित भएको रेडक्रसलाई अहिलेको सरकारले पहिलोचोटी हस्तक्षेप गर्नु दुःखद् कुरा रहेको जनाए । । कास्कीका ३३ वटै वडामा रेडक्रसका उपशाखा विस्तार गर्न सकेमा थप सहज हुने हुँदा ईच्छुक समाजसेवीहरु अग्रसर रहन समेत आग्रह गरेका थिए । उपशाखा २ र ३ का सल्लाहकार प्रजापति पराजुलीलाई खादा लगाई सम्मान गरिनुका साथै नयाँ आजीवन सदस्यहरुलाई रेडक्रस सोसाइटीको ब्याच र प्रमाण–प्रत्र प्रदान गरिएको थियो ।

उपशाखाकी सचिव विन्दु शर्मा पराजुलीले प्रगति विवरण प्रतिवेदन, कोषाध्यक्ष शान्तिदेवी पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सचिव विन्दु शर्मा पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा सहकोषाध्यक्ष सोमकला पराजुली रेडक्रसका ७ सिद्धान्त, उपसभापति सावित्री बराल पराजुलीले स्वागत मन्तव्य, सल्लाहकार सुशिला पराजुली, विन्दवासिनी बरपाटन माविका प्राचार्य बसन्तराज पाण्डे, पोखरा महानरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्ल, वडा नं. ३ का वडाध्यक्ष रविन्द्रमान प्रजुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उपशाखा २ र ३ का सभापति खगेन्द्र पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->